Latest News

पर्यटकीय स्थल रौता पेखरी


उदयपुर जिल्ला रौता गाउँपालिका प्रदेश नं १ मा अवस्थित पर्यटकीय स्थल को रुपमा परिचित रौता पोखरी पर्यटकीय स्थल र धार्मिक दृष्टिकोणले महत्वपूर्णरहेको छ । समुद्र स्तर देखि 2000 फीट (610 मीटर) को उचाई मा महाभारत पर्वतमा अवस्थित छ । त्यहाँ महादेव को एक मन्दिर र रौता पोखरा रहेको छ।

रिपरी हरियाली वन जङ्गल र पहाडले घेरेको छ । त्यहाँ पुग्ने जो कोहीको मन खुशी ले गदगद हुन्छ । चिसो हावा पानी र त्यहाँको मनोरम दृयले सबै को मन लोभ्याउछ । गाडी तथा लज को राम्र सुविधा रहेको छ । 


 बाख्रा पालन व्यवसायबाट फाइदा कसरी उठाउने । टिप्स

                              १ पाेषिलो तथा डाले घाँस आफ्नाे बारीमा प्रस्सत लगाउने ।
                              २ बाख्राकाे दाना आफ्नै गाउँ घरमा भएकाे स्रोत साधन तथा कच्चा पदार्थ बाट तयार गर्ने ।
                              ३ दशैँ र तिहारमा खसी बाेका बेच्ने गरी प्रजन्न व्यवस्था  मिलाउने
                             ४‍ राम्रो प्रजन्न क्षमता भएकाे र शारीरिक वृद्धि दर राम्रो भएकाे बाख्री र बोका छान्ने ।
                            ५ खसीलाई एक वर्ष देखि डेढ वर्ष भन्दा बढी समय नपाल्ने ।
                            ६ छिटो फाइदा लिन बोकालाई ६ महिनासम्म मात्र पाल्ने र बिक्र गनेृ ।
School Level Excel ;DaGwL ljljw hfgsf/Lx?

School Level Excel vf]Ng] ;DaGwdf .
k|= != of] Excel vf]Ng s] s] ug'{kb{5 <
p= ;j{k|yd tkfO{;Fu cfkmgf] ljBfnosf] Excel kmfOn x'g'kb{5 . 5}g eg] :yfgLo tx jf lz=lj=tyf ;dGjo OsfO dfkm{t lng ;lsG5 . csf{sf]
ljBfnosf] Excel df cfkm\gf] ljBfnosf] tYofFs OG6«L ug{ kfOb}g . Excel lnO;s]kl5 Macro Enable ug'{kb{5 . Excel
2003 df Macro Enable ug{ ;a}eGbf klxn] Tools df hfg] Options df click ug]{, security df click ug]{, / Macro Security df click u/]/ Macros nfO{ Medium df xfNg] . oltul/;s]kl5 of] ;km\6j]o/ aGb u/]/ km]l/ vf]Ng] / Enable Macros df click ug]{ .
Excel 2007 df Excel vf]Ng] ljlQs} security warnings df Macros have been disabled ;Fu} options a6g b]lvG5 . Options df click ug]{ / Enable this content df click ug]{ .

Excel 2010 df Enable Editing / Enable Macros eGg] b]lvG5 . b'j}nfO{ Enable ug]{ . Excel 13 df s]xL klg ug'{ kb}{g cfkm} v'Nb5 .

नक्कली नोट कसरी चिन्ने ? यस्तो छ राष्ट्र बैंकको टिप्स

२२ जेठ, काठमाडौं । बेलाबेलामा नक्कली नोट भेटिएका समाचारहरु बाहिर आइरहन्छन् । कहिले नक्कली नोटमात्रै भेटिन्छन् त कहिले नक्कली नोट कारोबारीसमेतलाई प्रहरीले पक्राउ गरेको समाचार सुनिन्छ ।
पोखरा, बिरानगर, धनगढी, नेपालगञ्ज, बिर्तामोड लगायतका ठाउँमा पनि विभिन्न समयमा नक्कली नोट भेटिएका छन् । काठमाडौं उपत्यका मात्रै होइन, नक्कली नोटको कारोबार विकट जिल्लामा पनि हुने गरेको छ भन्ने पछिल्ला केही घटनाक्रमहरुले पुष्टि गर्छन् । केही समयअघि गोरखा जिल्लाको सदरमुकाममा नक्कली नोट भेटिएको नेपाल राष्ट्र बैंकले पुष्टि गरेको थियो ।
नक्कली भारतीय नोटको कारोबार व्यापक हुँदै गएको छ भन्ने त केही दिन अघि विमानस्थलमा घटेको घटनाले पुष्टि गरेको छ । भारुसँगै नेपाली नोटसमेत नक्कली बनाएर कारोबारमा ठूलै गिरोह नै संलग्न भएको हुनसक्ने सुरक्षा श्रोतको आशंका छ ।
राष्ट्र बैंकले पनि यस विषयमा सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल समेत गरेको छ । राष्ट्र बैंकले नोटको सही पहिचान गरेर मात्रै बुझ्न आग्रह गरेको छ ।
नक्कली नोटको फन्दाबाट जोगिन होस पुर्‍याउनुपर्ने बताउँदै राष्ट्र बैंकले ठूला दरका नोट कसरी सक्कली नक्कली छुट्याउने भनेर जानकारी समेत दिएको छ । राष्ट्र बैंकले एक सय, पाँच सय र एक हजार रुपैयाँ दरका नोटहरु नक्कली भेटिन सक्ने भन्दै यसलाई कसरी छुट्याउने भनेर पठाएको छ ।
‘अहिले नै बजारमा नक्कली नोट छ्यापछ्याप्ती भएको होइन, हामीले जानकारी मात्र दिएका हौं,’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने, ‘नक्कली नोट कसरी चिन्ने भनेर हामीले सर्वसाधारलाई बुझाउनु पर्छ, त्यो बुझाएका हौं ।’ भर्खरै निकालिएको सूचना बजारसँग सम्बन्धित नभएको उनले बताए । सर्वसाधारणलाई जानकारीका लागि आवश्यक पर्ने भएकाले सूचना निकालिएको उनले बताए ।
नक्कली नोटका विषयमा भने सधैँ सतर्क हुनु पर्ने उनको भनाइ छ । सर्वसाधारणले सजिलो रुपमा नक्कली नोट चिन्नका लागि छामेमात्रै पनि पुग्ने उनको भनाइ छ ।
‘छाम्दा नै थाहाँ पाइन्छ, नक्कली नोट र सक्कली धेरै फरक हुन्छ, यसमा पनि शंका लागे थोरै पानीले भिजायो भने नक्कली नोट लथ्रक्क भिज्छ’ प्रवक्ता निरौलाले भने, ‘५ सय र १ हजार रुपैयाँको नोटमा गोल्डेन कलरमा एनआरबी लेखेको हुन्छ, त्यो नक्कलीमा हुँदैन ।’
कसरी चिन्ने नक्कली नोट ?
पानीछाप (वाटरमार्क) : नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट (टर्च लाइट/मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ ।

उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममा नै बनाइने हुँदा नोटको अग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) र पृष्ठ भाग (एकवटा हात्ती) भएको भाग दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।
नेपाल राष्ट्र बैंकको अंग्रेजी संक्षिप्त रुप एनआरबीको केही अंश नोटको अग्रभागमा र उक्त एनआरबीको बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक प्रिन्ट गरिएको छ । नोटको उक्त एनआरबी प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा नदेखिने तर नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट एनआरबी देखिन्छ । उक्त एनआरबी अक्षर नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट देखिन्छ ।
सुरक्षण धागो : सुरक्षण धागोमा एनआरबी र उक्त एनआरबीको ऐनामा देखिने उल्टो प्रतिविम्बी रुप क्रमैसँग लहर मिलाएर लेखिएको छ । नोटलाई सामान्य रुपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरु मात्र देखिन्छ ।
नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो रहेको देखिन्छ ।

उक्त सुरक्षण धागो नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग र पृष्ठभाग दुबैतर्फबाट नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो देखिन्छ । साथै, नोटको अग्र भागमा लेखिएका वाक्यांशहरु उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट प्रिन्ट भएको देखिन्छ ।
नोटको अग्र भागमा प्रिन्ट गरिएको ‘श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइनेछ ।’ भगवतीको आकृति, फरक क्षमता भएका दृष्टिविहीनहरुका लागि राखिएका तीनवटा गोलाकार थोप्लाहरु आदि विशेषताहरु नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका विशेषताहरु हुन् । उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्टभन्दा केही माथि उठेको अनुभव हुन्छ ।
पाँच सय रुपैयाँ र एक सय रुपैयाँको नोट पनि करिब–करिब चिन्ने तरिका उस्तै हुन्छ । तथापि नोट पहिचान गर्दा कुनै एक मात्र सुरक्षण विशेषतामा भर नपरी उल्लेखित सम्पूर्ण सुरक्षण विशेषताहरु भए/नभएकाबारे यकिन गर्नुपर्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
स्रोत अन्लाईनखबर 

नेपालमै पहिलोपटक बिनाअपरेसन निकालियो फोक्सोको ट्युमर

काठमाडौं । नेपालमै पहिलोपटक एकजना २० वर्षीय युवकको फोक्सोको ट्युमर सर्जरीको विकल्पमा ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया’ अर्थात् बिनाशल्यक्रिया निकालिएको छ। उनको उपचार मेडिसिटी अस्पतालमा गरिएको शो ।
माइक्रोवभ एब्लेसन यस्तो प्रविधि हो जसले कलेजो, फोक्सो, थाइराइड ग्रन्थी तथा हड्डीलगायतका स्थान ३ देखि ५ सेन्टिमिटरको आकारमा रहेको ट्युमरको उपचार गर्न सक्छ। चिकित्सका अनुसार यस प्रविधिमा खुला शल्यक्रिया आवश्यक पर्दैन र सुईको प्रयोगबाट ट्युमरको निराकरण गर्न सकिन्छ।
यस उपचारमा संलग्न चिकित्सकमध्ये एक डा। ओमबिजु पन्तका अनुसार नेपालमा कहीं– कहीं यस प्रविधिद्वारा कलेजोमा रहेको ट्युमरको उपचार गरेको पाइए पनि फोक्सोमा भएको ट्युमरका लागि यो पहिलो सफलता हो । आजको नेपाल समाचारपत्र दैनिकमा खबर रहेकाे छ ।
स्रोत पुर्बेलिन्युज

मुख्यमन्त्री राईद्वारा इद उलफित्रको शुभकामना

विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उलफित्रको उपलक्ष्यमा सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
आज जारी शुभकामना सन्देशमा उहाँले धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने यस्ता पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र धार्मिक समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको भाव प्रवद्र्धन गर्दै ऐतिहासिक एवं मौलिक संस्कृति र परम्परा संरक्षण तथा संवद्र्धन गर्न महत्वपर्ण योगदान पुर¥याउँदै आएको उल्लेख गर्नुभयो ।
स्रोत  purbelinews
त्रिभुवन विश्वविद्यालयबाट तीन वर्ष स्नातक,
तेस्रो वर्षको लागि मौका परीक्षा फारम भर्नुको बारेमा सूचना